दफा ३१
समितिको काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ ः-
(क) कल्याणकारी कार्य र तोकिएबमोजिमका आयमूलक कार्य तथा कल्याणकारी योजना तर्जुमा, कार्यान्वयन, समन्वय तथा अनुगमन गर्ने,
(ख) सैनिक कृयाकलापमा संलग्न रहँदाको अवस्थामा मृत्यु भएका वा अङ्गभङ्ग भएका सैनिकका परिवारको सम्बन्धमा आवश्यक पर्ने कल्याणकारी कार्य सम्बन्धी कार्य गर्ने,
(ग) कल्याणकारी कार्य अन्तर्गतका सुविधा तथा सहूलीयत घटाउने, बढाउने वा हटाउने,
(घ) कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना सञ्चालन गर्नको लागि आवश्यक पर्ने कार्यविधि तथा निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्ने,
(ङ) नेपाली सेनाले उपभोग गरिरहेको जग्गा तथा भौतिक पूर्वाधारमा नेपाली जङ्गी अड्डासँग सम्झौता गरी कल्याणकारी कार्य गर्ने,
(च) कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना सञ्चालन गर्न आवश्यकता अनुसार प्रशासनिक, आर्थिक तथा प्राविधिक एकाई गठन गरी सो एकाइको लागि आवश्यक जनशक्ति नियुक्ति गरी निजको सेवा, शर्त तथा पारिश्रमिक तोक्ने,
(छ) कल्याणकारी कार्य, कल्याणकारी योजना तथा आयमूलक कार्य प्रभावकारी ढंगले कार्यान्वन गर्नका लागि विशेषज्ञ नियुक्ति गर्ने र निजको सेवा, शर्त तथा पारिश्रमिक तोक्ने,
(ज) कल्याणकारी कार्य, आयमूलक कार्य तथा कल्याणकारी योजना सञ्चालन भएका स्थानको सुरक्षाको लागि आवश्यकता अनुसार बहालवाला सैनिक व्यक्ति खटाउने,
(झ) यो ऐनको अधीनमा रही चल अचल संपत्ति प्राप्त गर्ने, खरिद गर्ने, बहालमा लिने, उपयोग गर्ने, तथा बेच विखन गर्ने,
(ञ) तोकिएबमोजिमका अन्य कार्य गर्ने ।